कैलालीमा मलामी बोकेको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु


कैलाली । कैलालीको लम्कीचुवा नगरपालिकाअन्तर्गत पर्ने धोबेनी खोलामा मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन्।

बर्दगोरिया गाउँपालिका–४ बाट चिसापानीतर्फ गइरहेको सुदूरपश्चिम प्रदेश ०१००२ त ४९५१ नम्बरको ट्याक्टर आइतबार बिहान दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी बर्दगोरिया गाउँपालिका–४ का ६४ वर्षीय दानबहादुर साउद, ३४ वर्षीय हर्क साउद र १६ वर्षीय शीतल साउदको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक लोकेन्द्रबहादुर सिंहले जानकारी दिए।

प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका नौ जनालाई स्थानीय र सुरक्षाकर्मीको सहयोगमा उद्धार गरी लम्कीस्थित लालरत्न अस्पताल पठाइएको छ। घाइतेहरूको अवस्था बारे थप विवरण आउन बाँकी छ।

प्रहरी निरीक्षक सिंहका अनुसार ट्याक्टर अनियन्त्रित भएर धोबेनी खोलामा पल्टिँदा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।