काठमाडाैँ । छठ पर्वलाई लक्षित गरेर जनकपुर लगायतमा सहरहरुमा व्यापक प्रहरी परिचालन गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले छठ पर्वमा चोरी, लुटपाटलगायतका अपराधिक घटना हुन नदिनका लागि जनकपुरलगायतका ताल, पोखरीहरुमा शान्ति सुरक्षाका लागि आवश्यक सुरक्षाकर्मीहरु परिचालन गरिएको जानकारी गराएको हो ।
चोरी, लुटपाट, महिला हिंसालगायतका अप्रिय घटना हुन नपाओस भनेर आवश्यक सुरक्षाका लागि करिव ७ सय भन्दा बढी प्रहरीहरु परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका सूचना अधिकारए प्रहरी नायाव उपरीक्षक गणेशबहादुर बमले जानकारी दिए । उनले सवारी साधनको व्यवस्थापनका लागि ट्राफिक प्रहरीसँग समन्वय गर्नका लागि पनि प्रहरीहरु परिचालन गरिएको बताए ।
बमले भने, “यो छठ पर्वको सुरक्षा चुनौतिहरु छन् । जस्तै चोरी, लुटपाट, महिलाहरुमाथि हुने हिंसा, त्यस्तै गरेर अन्य अपराधिक गतिविधिलाई दृष्टिगत गरेर हामीले यहाँको सुरक्षा व्यवस्था मिलाएका छौं । त्यसका लागि हामीेले विशेष गरी यहाँका पोखरीहरु गंगा सागर, धनु सागरलगायत अन्य विभिन्न पोखरीहरु र त्यसका वरपर प्रहरीहरु परिचालन गरेका छौं । त्यस्तै गरेर सवारी व्यवस्थापन गर्नका लागि ट्राफिक प्रहरीसँग समन्वय गरेर विभिन्न स्थानहरुमा ब्यारिकेटहरु राखेका छौं । यसका लागि हामीले कम्तिमा ७ जति प्रहरीहरु परिचालन भएको छ । त्यस्तै अन्य सुरक्षा निकायहरुसँग पनि हामीले समन्वय गरेर सुरक्षा व्यवस्था मिलाएका छौं ।”
छठ पर्वमा तराई मधेसमा चोरी, लुटपाटको घटना हुने भएकाले घर बाहिर जानुपरेमा नजिकैको प्रहरीलाई खबर गरेर जान पनि सर्वसाधारणलाई अपिल गरिएको पनि जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्