बाबुराम, जनार्दन, सुदन किराँती र रास्वपाका नेताहरूबिच छलफल


काठमाडौँ । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई, नेकपा माओबादीबाट अलग भएका जनार्दन शर्मा, सुदन किराँती र रास्वपाका नेताहरूबिच छलफल भएको छ ।

पछिल्लो पटक दलहरूबिच एकता र टुटफुट भइरहेका बेला पूर्वप्रधानमन्त्री भट्टराईको अगुवाइमा छलफल भएको हो ।

भट्टरार्ईको सचिवालयले जेन्जी विद्रोहपछि बदलिँदो नेपाली राजनीति र त्यसको मर्मअनुसार समग्र राजनीतिको पुनर्गठन सहित व्यापक वैकल्पिक राजनीतिक ध्रुवीकरण गर्दै भरपर्दो बलियो वैकल्पिक राजनीतिक शक्तिको निर्माणका लागि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको मध्यस्थतामा नयाँ ÷वैकल्पिक राजनीतिक दल, समूह र अभियन्ताहरूबिच छलफल भएको उल्लेख गरेको छ ।