काठमाडौँ । निर्वाचन आयोगले पूर्वप्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूसँग छलफल गरेको छ ।
सोमबार बिहान निर्वाचन आयोगमा पूर्वप्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूसँग छलफल गरिएको हो । आगामी फागुन २१ गते घोषणा गरिएको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले लिनुपर्ने रणनीति, अपनाउनुपर्ने सावधानीबारे पूर्वप्रमुख निर्वाचन आयुक्तसँग छलफल गरेको हो ।
छलफलमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, आयुक्तहरू डा. जानकीकुमारी तुलाधार, सगुन शमशेर जंगबहादुर राणासहित पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती, पूर्वआयुक्त दोलखबहादुर गुरुङ, पूर्वसचिव सुरेश अधिकारी लगायतको उपस्थिति रहेको छ ।



प्रतिक्रिया दिनुहोस्