झिनो अंकले बढ्यो नेप्से


काठमाडौँ । साताको कारोबारको तेस्रो दिन सेयरबजार झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार सेयर मापक परिसूचक नेप्से परिसूचक ३.२१ अंकले बढेर २५६५.१६ अंकमा पुगेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका १३ ओटा उपसमुहमध्यै ६ ओटा उपसमुहको सेयरमूल्य घटेको छ भने ७ ओटा उपसमुहको सेयरमूल्य बढेको छ ।

मंगलबार सहास उर्जाको धेरै कारोबार भएको छ । कम्पनीको ३५ करोड ५८ लाख ७१ हजार रूपैयाँ बढीको कारोबार भएको छ ।

आज साइन रेसुङ्गा डिबेन्चर, बन्दिपुर केबलकार एण्ड टुरिजम, माबिलुङ इनर्जी, सागर डिष्टिलरी र बुङ्गल हाइड्रोपावरका लगानीकर्ताहरूले सबैभन्दा बढी कमाएका छन् । यी कम्पनीको सेयरमूल्य क्रमश १० प्रतिशत, १० प्रतिशत, ९.९९ प्रतिशत, ९.९९ प्रतिशत र ९.९८ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

कुल ३२७ कम्पनीको ७९ लाख ४७ हजार ५८ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ६२ करोड ६१ लाख ७५ हजार रूपैयाँ बढीको कारोबार भएको छ ।