काठमाडाैँ । गतिशील लोकतान्त्रिक पार्टीका केन्द्रिय सदस्य वीरेन्द्रबहादुर बस्नेतले सबै कृषि उत्पादनको न्युनतम समर्थन मूल्य तोक्नुपर्ने बताएका छन् ।
पार्टीले बुधवार ललितपुरमा आयोजना गरेको राष्ट्रिय कृषि कार्यक्रममा उनले देशका किसानलाई निर्वाहमुखी अवस्थाबाट निकाल्नका लागि न्युनतम समर्थन मूल्य निर्धारण अपरिहार्य भएको बताएका हुन् ।
न्युनतम समर्थन मूल्य तोकेपछि मात्रै कृषिलाई व्यवसायीकरण वा औद्योगीकरणतर्फ रूपान्तरण गर्न सकिने उनको भनाइ छ । अहिलेको अवस्थामा किसान केवल निर्वाहमुखी मात्रै हुने उनले बताए । कृषि उत्पादन धान, गेडागुडी, स्याउ लगायत सबैको मूल्य तोक्नका लागि उद्योग स्थापना गर्न आवश्यक रहेको उनको भनाइ छ ।
प्रथम उद्योग नखोली मूल्य कायम गर्न नसकिने उनले बताए । उनले वर्षको एकपटक मात्रै फसल निस्कने हुँदा न्युनतम समर्थन मूल्य र औद्योगिक संरचना बिना कृषिलाई व्यवसायीकरण गर्न नसकिने उल्लेख गरे । हाल सरकारले यान्त्रीकरण र शीतभण्डारणका नाममा सरकारले खर्बौं रुपैयाँ खर्च गरेपनि त्यसको प्रभावकारीता नदेखिएको उनको भनाइ छ । उनले गतिशील लोकतान्त्रिक पार्टीको सरकार बनेपछि कृषि क्षेत्रमा लगानीको मूल्याङ्कन गर्ने र न्युनतम समर्थन मूल्य प्रणालीलाई संस्थागत रूपमा लागू गर्ने नीति लिने बताए ।
उनले राजनीतिलाई व्यवसायीकरण गर्न खोजेको बताए ।उनले भ्रष्टाचार शुन्य व्यवस्था, रोजगारी र समतामुलक समृद्धिलाई आफूहरुले मूल एजेण्डा बनाएको जानकारी दिए ।उनले आफूहरूको एजेण्डालाई युवाहरुले मन पराउने पनि दाबी गरे ।



प्रतिक्रिया दिनुहोस्