काठमाडाैँ । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले मतदाता नामावली सङ्कलन प्रक्रियामा म्याद थप गर्न आग्रह गरेकी छन् ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त राम्रसाद भण्डारीसँग टेलिफोनमा कुराकानी गर्दै प्रधानमन्त्री कार्कीले मतदाता नामावली दर्तामा देखिएको उत्साह र चापलाई ध्यानमा राखी म्याद थपका लागि आग्रह गरेकी हुन्।
यसबारे आयोग सकारात्मक रहेको र ५ दिन म्याद थप्न सकिने जानकारी भण्डारीले प्रधानमन्त्रीलाई दिए पनि प्रधानमन्त्री कार्यालयले बताएको छ । राष्ट्रिय परिचय पत्रको विवरणका आधारमा मतदाता नामावलीमा नाम दर्ता गराउन मिल्ने भएपछि बिहीवारदेखि अनलाइनबाट नाम दर्ता गराउनेको उच्च चाप देखिएको छ ।
यसैबिच प्रधानमन्त्री कार्कीले इन्टरनेट सर्भरमा देखिएको समस्याका विषयमा पनि चासो व्यक्त गरेकाे छ र त्यो विषय पनि समाधान गर्दै अघि बढिरहेको भण्डारीले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्