काठमाडाैँ । पूर्वअर्थमन्त्री डा. प्रकाशचन्द्र लोहनीले राजनीति कमजोर हुँदा अर्थतन्त्र सबल हुन नसक्ने बताएका छन् ।
अर्थतन्त्रको अवस्थाबारे काठमाडौँमा आयोजित छलफलका क्रममा डा. लोहनीले सरकारसँग पैसा छैन भन्ने तर भएको पैसा पनि उपयोग हुन नसक्ने स्थिति राम्रो नभएको बताए ।
उनले क्षेत्रको मनोबल उकास्न बैंकको ब्याजदर घटाउँदै लगेपनि लगानी आकर्षित नहुने चिन्ताको विषय भएको बताए । बैंकको इन्ट्रेस्ट रेट वान डिजिटमै आइसकेपनि अझै बढी भइरहेको गुनासो आउने गरेको उनको भनाई थियो ।
नेपालको अर्थतन्त्रको मोडल रेमिट्यान्समै आधारित रहेपनि प्रयोग हुन नसकेको बताए ।
नेपाल सरकारको पैसालाई कसरी उपयोग गर्ने भन्ने चुनौति रहेको उनको भनाई छ ।
उनले भने,“नेपाल सरकारसँग पैसा छैन भन्ने गरिन्छ । तर भएका पैसा पनि खर्च हुँदैन । पैसा छैन भने कटौति गरिरहेका छौँ । गर्नुपर्ने कुरा पनि हो । तर जति छ त्यो पनि खर्च हुँदैन । प्राइभेट क्षेत्रलाई पुष गर्नुप¥यो भन्दा इन्ट्रेस्ट घटाउनु सबैभन्दा ठूलो कुरा हो ।”
पूर्वअर्थमन्त्री डा. लोहनीले अहिलेको परिस्थितिमा कमजोर हुनु नै सङ्कटको घडी भएको जिकिर गरे । राष्ट्रबैंकमा अहिलेसम्म नेपालीहरूको धेरै विश्वास रहेको र राष्ट्रबैंक धरै राजनीतिकरण नभएको संस्था भएको बताए ।



प्रतिक्रिया दिनुहोस्