कर दिवस–२०८२ः उत्कृष्ट १६ करदाता सम्मानित


काठमाडाैँ । कर दिवस–२०८२ को अवसरमा आन्तरिक राजश्व विभागले विभिन्न १६ क्षेत्रका उत्कृष्ट करदाताहरूलाई सम्मान गरेको छ ।

आर्थिक वर्ष २०८०/८१ को आयकर, मूल्य अभिवृद्धि कर (भीएटी) तथा कर विवरण बुझाउने क्रममा उत्कृष्ट योगदान गरेका करदाताहरूलाई प्रमाणपत्र तथा सम्मान प्रदान गरिएको हो ।

उत्पादन, बैंक तथा वित्त, स्वास्थ्य, पर्यटन, व्यापार, ऊर्जा, सूचना–प्रविधि क्षेत्रदेखि कर अनुपालनसम्मलाई सम्मान गरिएको छ ।

आयकरतर्फ उत्कृष्ट करदातामा नेपाल टेलिकम, युनिलिभर नेपाल, नेपाल इन्भेष्टमेण्ट मेगा बैंक, ग्रान्डी अस्पताल, होटल ह्याट लगायतका संस्था परेको छ । त्यस्तै ५० करोडभन्दा बढी कर तिर्ने तथा १०० करोडभन्दा बढी कारोबार गर्ने संस्थामध्ये डिस्टिलरी नेपाल प्रा.लि. सम्मानित भएको छ ।