दुर्गा प्रसाईं पक्राउ


काठमाडौँ । आन्दालनको तयारी गरिरहेका बेला दुर्गा प्रसाईं पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपुरस्थित उनकै घरबाट गएराति प्रसाईंलाई पक्राउ गरेको हो ।

प्रसाईले हिजो मात्रै पत्रकारसम्मेलन गरेर वर्तमान प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालले तत्कालीन जेनजी विद्रोह भड्काएको आरोप लगाएका थिए ।

यसअघि १५ चैतको हिंसात्मक आन्दोलनपछि पक्राउ परेका प्रसाईं अदालतको आदेशमा छुटेका थिए । राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाअभियानको नाममा प्रसाईंले गतिविधि गर्दै आएका छन् ।

उनले मङ्सिर ७ गतेदेखि देशव्यापी आन्दोलनको घोषणा गरेका थिए ।