तोकिएकै समयमा निर्वाचन नभए मुलुक जोखिममा पर्नसक्छः मन्त्री खरेल


काठमाडाैँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकार तोकिएकै समयमा निर्वाचन गर्ने तयारीमा लागेको बताएका छन् ।

राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा बुधवार भएको छलफलमा उनले निर्वाचन गर्ने वातावरण बनाउन सरकार लागिरेहेको बताएका हुन् । उनले तोकिएको समयमा निर्वाचन नभएमा मुलुक नयाँ जोखिममा जानसक्ने बताए।

उनले निर्वाचनको लागि सरकारले १ सय २३ वटै राजनीतिक दलहरूसँग निरन्तर संवाद गरिरहेको जानकारी दिए । उनले निर्वाचनको वातावरण बनाउन सहयोग गर्न राष्ट्रिय सभाका सदस्यहरूलाई समेत आग्रह गरे। उनले निर्वाचन सम्पन्न गराउने राष्ट्रिय सभा र संसदीय समितिहरूको महत्वपूर्ण भुमिका हुने उल्लेख गरे । 

“हामी तोकिएकै मितिमा चुनाव गर्ने तयारीमा सरकार छ, हामी त्यो वातावरण बनाईरहेका छौँ । आज पनि १२३ वटा राजनितिक दलसँगको मिटिङ सरकारसंग छ । राजनीतिक दलसंग हामी निरन्तर संवादमा छौँ, त्यो वातावरण बनाइरहेको छौँ । सुशासन र भ्रष्टाचार नियन्त्रणको कुरालाई अगाडी बढाउने काममा हामी अगाडी बढीरहेका छौँ,”उनले भने ।