काठमाडाैँ । प्रधानमन्त्री सुशीला कार्की र राजनीतिक दलहरूबिचको छलफल सुरू भएको छ ।
बुधवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा राजनीतिक दलहरूसँग प्रधानमन्त्रीले छलफल सुरू भएकाे हाे ।
आगामी फागुन २१ गते तोकिएको प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनार्थ र सरकारले गरिरहेका काम कारबाहीबारे जानकारी गराउने उद्देश्यले प्रधानमन्त्री कार्कीले बैठक बोलाएकी हुन् ।
बैठकमा नेपाली काँग्रेसबाट प्रकाशशरण महत, एमालेबाट प्रदीप ज्ञवाली,महेश बर्तौला, नेपाली कम्युनिष्ट पार्टीबाट राजेन्द्रप्रसाद पाण्डे, वर्षमान पुन लगायतका नेताहरूको उपस्थिति रहेको छ ।



प्रतिक्रिया दिनुहोस्