कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मंसिर ६ मा सारियो


काठमाडाैँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ।

केन्द्रीय कार्यालयका अनुसार पूर्वनिर्धारित मंसिर ४ गते बस्ने भनिएको बैठक मिति परिवर्तनसँगै अब मंसिर ६ गते शनिबार दिउँसो १ बजे बस्ने भएको हो। बैठक ललितपुरस्थित पार्टीको केन्द्रीय कार्यालयमा हुने जानकारी गराइएको छ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य तथा सातै प्रदेश सभापतिहरूलाई निर्धारित मितिमा अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जनाएका छन्।