बिहीबार कति छ सुनचाँदीको मूल्य ?


काठमाडौँ । बिहीबार छापावाल सुनको मूल्य तोलामा ७०० रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला २ लाख ४२ हजार ३०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य बिहीबार २ लाख ४३ हजार रूपैयाँ कायम भएको छ ।

यस्तै, चाँदीको मूल्य प्रतितोला ३५ रूपैयाँले बढेर ३ हजार १८५ रूपैयाँमा कारोबार भइरहेको छ ।