काठमाडाैँ । निर्वाचनको मिति नजिकिँदै जाँदा मतदाता नामावली दर्ताका लागि अब एक दिन मात्र बाँकी रहेको छ।
फागुन २१ गतेका लागि सरकारले तय गरेको निर्वाचनमा सहभागी हुन आवश्यक पर्ने नामावली दर्ता प्रक्रिया भोलिसम्म मात्रै खुला रहने निर्वाचन आयोगले जनाएको छ।
प्रधानमन्त्री सुशीला कार्कीले लोकतान्त्रिक अधिकार सुरक्षित राख्न आजै आफ्नो नाम दर्ता गर्न सबै नागरिकलाई आग्रह गरेकी हुन् । उनले फागुन २१ गते हुने निर्वाचन कुनै व्यक्तिको राजनीतिक इच्छा मात्र नभई संवैधानिक रिक्तता रोक्न आवश्यक राष्ट्रिय दायित्व भएको बताइन् ।



प्रतिक्रिया दिनुहोस्