काठमाडाैँ । नेपालको पाँच वर्षे पर्यटन रणनीति बनाउन सरोकारवालाहरु छलफल शुरु गरेका छन् । बिहीबारबाट काठमाडौँमा नेपाल पर्यटन बोर्ड र युएनडिपीले संयुक्त रुपमा सरोकारवालाहरुसँग छलफल शुरु गरेका हुन् ।
नेपालमा २०१५ देखि पर्यटन रणनीति बन्न नसकेको बताउँदै सरोकारवालाहरु यसअघि पनि युएनडिपीसँग मिलेर नेपालको पर्यटन प्रवद्र्धन गरिएको र अब पनि पाँच वर्षे रणनीति बनाउने काममा अग्रसर भएको बताएका छन् ।
नेपाल पर्यटन बोर्डको सञ्चालक समिति सदस्य ऋषि भण्डारीले बोर्डले नेपालको आन्तरिक र वाह्य पर्यटन प्रचार प्रसारका लागि युएनडिपीसँग मिलेर सस्टेनेबल टुरिजम प्रोजेक्ट (एसटिपी) सञ्चालन गर्दै आएको बताए ।
विगत एक वर्षमा सस्टेनेबल प्रोजेक्टबाट के कति कामहरु भए ? कसरी सहकार्य भएको छ ? यसले कुन ठाउँमा के कस्ता गतिविधि सञ्चालन गरेको छ ? भन्नेबारेमा छलफल शुरु गरेको उल्लेख गरे । एसटिपीबाट हाम्रा दुर्गम क्षेत्रका केही ट्रेकिङ ट्रेलहरुका पूर्वाधार विकासबारे पनि छलफल भइरहेको बताए ।
उनले भने, “नेपाल पर्यटन बोर्डले जुन आफ्नो जिम्मेवारी पाइरहेको छ । नेपालको आन्तरिक तथा वाह्य रुपमा प्रचारप्रसार प्रवद्र्धक । यसै सन्दर्भमा बोर्डले युएनडिपीसँग मिलेर सस्टेनेबल टुरिजम प्रोजेक्ट (एसटिपी) सञ्चालन गर्दै आएको छ । यस पहिला पनि पाँच वर्ष गरेका थियौँ । अहिले फेरि ३ वर्ष भनेर सस्टेनेबल टुरिजम प्रोजेक्टका कार्यक्रमहरु नेपाल पर्यटन बोर्डले अघि बढाएको छ । विगत एक वर्षमा सस्टेनेबल प्रोजेक्टबाट के कति कामहरु भए ? कसरी सहकार्य भएको छ ? यसले कुन ठाउँमा के कस्ता गतिविधि सञ्चालन गरेको छ ? भनेर अपडेट कार्यक्रम हो । एसटिपीबाट हाम्रा दुर्गम क्षेत्रका केही ट्रेकिङ ट्रेलहरुका पूर्वाधारमा, त्यहाँका मानिसलाई पर्यटनसम्बन्धी गतिविधिबारे चेतना दिने कार्यक्रम, गाइड, हिमाल आरोहण, होटेल सर्भिसहरुमा गर्ने व्यवहारसम्बन्धी तालिम दिँदै आएको छ ।”
नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक मणि लामिछानेले पर्यटन बोर्ड कुन हिसावको योजना बनाएर जाँदा उपयुक्त हुन्छ भन्नेबारेमा रणनीति बनाउन छलफल गरिएको बताए । उनले छलफलले आगामी दिशा निर्देश गर्ने विश्वास व्यक्त गरे ।
उनले भने, “पर्यटन बोर्डले कुन हिसावको योजना बनाएर जाँदा उपयुक्त हुन्छ भनेर यो आगामी पाँच वर्षसम्मको योजना बनाउन कार्यक्रम गरिएको हो । यसले आगामी दिशा निर्देश गर्दछ । हालै सरकारले पोखरालाई पर्यटनको राजधानी भनेर घोषणा गरेको छ ।”
त्यस्तै नेपाल पर्यटन बोर्डका टुरिजम मार्केटिङ एण्ड प्रमोसन डिपार्टमेण्ट निमित्त निर्देशक रोहिणी खनालले नपालको पर्यटनलाई आगामी दिनहरुमा कुन स्तरमा अघि बढ्ने भन्ने रणनीति बनाउन छलफल शुरु गरिएको बताए । उनले कस्तो रणनीति अपनाउँदा धेरै पर्यटक ल्याउन सकिन्छ भन्नेबारे छलफल गरिएको उल्लेख गरे ।
उनले भने, “नपालको पर्यटनलाई आगामी दिनहरुमा कुन स्तरमा अघि बढ्ने भन्ने रणनीति बनाउने हो । कस्तो रणनीति अपनाउँदा धेरै ल्याउन सकिन्छ भन्ने हो । यसले अहिलेको पर्यटन कस्तो छ, अहिलेको ट्रेण्ड के छ ? त्यसबारे अध्ययन गरेर अघि कसरी बढ्ने र पाँच वर्षमा कहाँ पुग्ने भन्ने हो ।”
नेपाल पर्यटन बोर्डका सिनियर म्यानेजर श्रद्धा श्रेष्ठले बोर्डले आगामी पाँच वर्षका लागि पर्यटन स्टाटेजिक मार्केटिङ योजना बनाइरहेको बताए । २०१५ देखि मार्केटिङ योजना बनाउन नसकिएको भएपनि अब सरोकारवालाहरुसँग छलफल गरेर रणनीति बनाउन लागेको उनकाे भनाइ छ । वाह्य मात्रै नभइ आन्तरिक पर्यटन प्रवद्र्धनका लागि पनि आफूहरुले काम गरिरहेको बताए ।
उनले भने, “पर्यटन स्टाटेजी मार्केटिङ योजना बनाउँदैछौँ । २०१५ देखि यो स्टाटेजीक मार्केटिङ प्लान थिएन । हामीले आज विभिन्न स्टेक होल्डरलाई बोलाएर स्टाटेजिक प्लान कस्तो हुनुपर्छ भनेर छलफल गरिरहेका छौँ । दीगो पर्यटनका लागि काम गरिरहेका छौँ । वाह्य मात्रै नभइ आन्तरिक पर्यटन प्रवद्र्धनमा पनि जोड दिइएको छ ।”
त्यस्तै नेपाल पर्यटन बोर्ड र युएनडिपीद्वारा संयुक्त रुपमा सञ्चालित दिगो पर्यटन परियोजनाका प्रोजेक्ट म्यानेजर धर्म दवाडीले नेपाल पर्यटन बोर्डको मुख्य उदे्देश्य नेपालको पर्यटनलाई विश्व बजारीकरण गर्नु भएको बताए । त्यसलाई नै अझ तिब्रताका साथ अघि बढाइरहेको उनको भनाइ छ । सहर व्यवस्थित गर्ने भन्नेबारेमा सरोकारवालाहरुसँग छलफल गरिरहेको उनले बताए ।
उनले भने, “नेपाल पर्यटन बोर्डको मुख्य उदे्देश्य नेपालको पर्यटनलाई विश्व बजारीकरण गर्ने हो । बजारीकरणमा धेरै एग्रेसिप रुपमा लागिरहनुभएको छ । अझै तिब्र रुपमा कसरी अघि बढाउने र कसरी व्यवस्थित गर्ने भन्ने रणनीति बनाउन स्टक होल्डरहरुसँग छलफल गरिरहेका छौँ । अन्तर्राष्ट्रिय र आन्तरिक रुपमा कसरी अघि बढाउने भन्नेमा छलफल गरिरहेका छौँ ।”
उनले राष्ट्रिय स्तरका पदमार्गहरुमा सेवा सुविधा बढाउने र स्तरोन्नति गर्नेबारे छलफल भइरहेको बताए । अपि, सैपाल, मनास्लु र कञ्चनजंगा ट्रेलको सुधारमा पर्यटन बोर्ड लागिरहेको उनकाे भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्