काठमाडाैँ । राष्ट्रिय सुरक्षा परिषद्को बैठकले राष्ट्रिय सुरक्षा परिषद्को आठौँ वार्षिक प्रतिवेदन (आ.व.०८१/८२) को मस्यौदा आवश्यक संशोधनसहित स्वीकृत गरेको छ ।
बिहीवार सिंहदरबारमा बसेको सुरक्षा परिषद्को बैठकले यो निर्णय गरेको हो । बैठकले नेपालको संविधानको भाग २८ को धारा २६६ को उपधारा (३) बमोजिम राष्ट्रपति रामचन्द्र पौडेल समक्षा उक्त मस्यौदा पेश गर्ने निर्णय गरेको हो ।
आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्यको निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न नेपालको संविधानको धारा २६६ को उपधारा (१) बमोजिम नेपाली सेनाको परिचालन गर्न नेपाल सरकार, मन्त्रिपरिषद् समक्ष सिफारिस गर्ने समेत निर्णय भएको छ ।



प्रतिक्रिया दिनुहोस्