आर्थिक अवस्था कमजोर भइ उपचार गर्न नसकेका मगरलाई सुनिल शर्माको सहयोग


काठमाडाैँ । काँग्रेस नेता डा. सुनिल शर्माले मोरङको सुन्दरहरैंचा नगरपालिका–११ सुकुम्वासी बस्तीका विपन्न भीमबहादुर मगरलाई आर्थिक सहयोग गरेका छन् । 

मोरङ जिल्ला, सुन्दरहरैंचा नगरपालिका–११ सुकुम्वासी बस्तीका विपन्न तथा बिरामी मगरलाई पूर्वसांसद शर्माले आर्थिक तथा उपचार सहयोग प्रदान गरेका हुन् ।

केही महिनादेखि क्यान्सर रोगबाट पीडित रहेका मगर आर्थिक अभावका कारण उपचार गर्न असमर्थ थिए। गम्भीर अवस्थामा रहेको खबर पाएपछि डा. शर्माले बिहीवार त्यहाँ पुगेर उनको अवस्था नियाल्दै आवश्यक सबै सहयोग गर्ने प्रतिवद्धता जनाए।

डा. शर्माले तत्कालै नोबेल मेडिकल कलेजका कर्मचारी जय रायलाई निर्देशित गर्दै बिरामीका लागि निःशुल्क खानावास, उपचार तथा आवश्यक सुविधा उपलब्ध गराउन व्यवस्था मिलाउन निर्देशन दिए ।