काठमाडौँ । मकवानपुरको हेटौडा बजार क्षेत्रको सडक सिमा खाली गराउने प्रकृया सुरु भएको छ ।
सडक डिभिजन हेटौडाले सडक क्षेत्र खालीका लागि आज सूचना जारी गरेको हो । सडक डिभिजनले १५ दिनभित्र संरचना हटाउन भनेको छ ।
सूचनामा हेडौडा उपमहानगरपालिकाको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ति पुलसम्म र बुद्धचोकदेखि सामरी पुलसम्म सडक केन्द्रबाट २५÷२५ गजभित्र बनेका स्थायी/अस्थायी संरचना हटाउन भनिएको छ ।
हिजो मात्रै हेटौडामा ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङ, उपमहानगरपालिका प्रमुख मिना कुमारी लामा, प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी, उपमहानगरपालिकाका वडा अध्यक्षहरूबिच छलफल भएको थियो ।
छलफलमा महेन्द्र राजमार्ग र त्रिभुवन राजपथ अन्र्तगत हेटौडा बजार क्षेत्रको सडक सिमा खाली गराउने प्रकृया अगाडी बढाउने सहमति भएको थियो ।



प्रतिक्रिया दिनुहोस्