काठमाडाैँ ।काठमाडौँको प्रदर्शनीमार्ग क्षेत्रमा आयोजित कार्यक्रमका कारण सो मार्ग हुँदै चल्ने सवारी साधनलाई अहिले डाइभर्सन गरिएको छ। प्रदर्शनीमार्गतर्फ आउने सवारी साधनलाई पद्मोदय मोड र सभागृह मोडबाट वैकल्पिक दिशामा मार्गनिर्देशन गरिएको ट्राफिक प्रहरीले जनाएको छ।
यस्तै, टुडिखेल क्षेत्रमा र्याली भइरहेको हुँदा वरिपरिका सडकहरूमा समेत सवारी आवागमनमा असर परेको छ। सहज यात्राका लागि ट्राफिक प्रहरीले त्यस्ता प्रभावित मार्गको सट्ठी अन्य वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ।
माईतीघर चोक आसपास भीड बढेकाले सर्भिस लेन हुँदै थापाथली जानुपर्ने सवारीलाई अहिले मुख्य लेनबाट पठाइँदैछ। साथै, सामाखुसी चोक र चाबहिल चोकमा पनि मानिसको भिड देखिएकाले सवारी चलायमानमा केही अवरोध परेको जनाइएको छ।
यस्ता प्रभावित क्षेत्र बाहेक काठमाडौँ उपत्यकाका अन्य मार्गहरू भने सामान्य रूपमा सञ्चालनमा रहेका छन्। उपत्यकाका विभिन्न नाकाहरू हुँदै भित्रिने तथा बाहिरिने सवारी साधन पनि नियमित रूपमा नै चलिरहेका छन्।



प्रतिक्रिया दिनुहोस्