काठमाडौँ । नेपालको कुल निर्यातमा भटमासको तेलको हिस्सा ४१.१० प्रतिशत रहेको छ । भन्सार विभागले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को पहिलो ४ महिनाको तथ्यांक अनुसार कुल निर्यातमा भटमासको तेलको हिस्सा ४१.१० प्रतिशत रहेको देखिएको हो ।
यो अवधिमा नेपालको कुल निर्यात ९३ अर्ब ४९ करोड ५७ लाख ७६ हजार रूपैयाँ बराबर रहेको छ जसमा भटमासको तेलको निर्यात ३८ अर्ब ४३ करोड ३ लाख ९ हजार रूपैयाँ बराबरको छ ।
नेपालले एक अर्ब ३६ करोड ३१ लाख ५३ हजार रूपैयाँ बराबरको कच्चा सोयाबिन तेल आयात गरेको छ ।



प्रतिक्रिया दिनुहोस्