५२ सय रूपैयाँले बढ्यो सुनको मूल्य


काठमाडौँ । मंगलबार छापावाल सुनको मूल्य तोलामा ५ हजार २०० रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला २ लाख ४२ हजार ६०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य मंगलबार २ लाख ४७ हजार ९०० रूपैयाँ कायम भएको छ ।

यस्तै, चाँदीको मूल्य प्रतितोला ८५ रूपैयाँले बढेर ३ हजार २०० रूपैयाँमा कारोबार भइरहेको छ ।