काठमाडौं । ग्रिन डेभलपमेन्ट बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले गतआर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई ८.६४ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
बैंकको मंसिर १० गते बसेको सञ्चालक समितिको बैठकले सञ्चित मुनाफाबाट हाल कायम चुक्तापूँजीको ५६ करोड ९६ लाख ९६ हजारको ८.४६२७४ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको बैंकले जनाएको छ ।
उक्त बैठकले उक्त लाभांशमध्ये ८.०३९६ प्रतिशत बोनस सेयर र ०.४२३१४ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल ८.४६२७४ प्रतिशत लाभांशको प्रदान गर्ने निर्णय गरेको छ ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात बैंकको आगामी साधारण सभाबाट पारित गरी वितरण गरिनेछ ।



प्रतिक्रिया दिनुहोस्