नेप्सेमा एनआरएन र शिवम् सिमेन्टको मूल्य समायोजन


काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट र शिवम् सिमेन्ट्सको सेयरमूल्य समायोजन गरेका छन् ।

दुवै कम्पनीले साधारण सभा तथा लाभांश वितरणका लागि तोकेको बुकक्लोज मितिअनुसार परिमार्जित मूल्य निर्धारण गरेको नेप्सेले जनाएको छ ।

नेप्सेका अनुसार एनआरएनले सिफारिस गरेको ४० प्रतिशत बोनस सेयर तथा शिवम् सिमेन्ट्सले प्रस्ताव गरेको २.५ प्रतिशत बोनस सेयर अनुसार मूल्य घटाएर नयाँ आधार मूल्य कायम गरिएको छ।

समायोजनपछि एनआरएनको सेयर १ हजार ३८२ रुपैयाँ २१ पैसामा झरेको छ भने शिवम् सिमेन्ट्सको मूल्य ६०० रुपैयाँ ३९ पैसा कायम भएको छ। यसअघि बुधबार दोस्रो बजारमा एनआरएनको सेयर १ हजार ९३५ रुपैयाँ १० पैसामा बन्द भएको थियो।