पद चाहिँदैन, सक्रिय राजनीति गर्न दिनुस्, कुनै जेनजी भन्दा कम छैनौँः संयोजक दाहाल


काठमाडाैँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सक्रिय राजनीतिक गर्ने वातावरण बने पदमा रही रहनुपर्छ भन्ने मानसिकतामा आफूहरू नरहेको बताएका छन् ।

बिहीवार काठमाडौँमा आयोजित एकता घोषणा सभालाई सम्बोधन गर्दै उनले उमेरको हिसावले धेरैजसो नेताहरु उत्तराद्र्धमा रहेको बताएका हुन् । तर राष्ट्रप्रतिको जिम्मेवारी, राष्ट्र जसरी भएपनि बचाउनुपर्छ, समाजवादको यात्रा जसरी पनि अगाडि बढाउनुपर्छ भन्नेकुरामा जेन–जी युवा भन्दा कम नरहेको बताए।

अन्तिम समयसम्म आफूहरु सक्रिय भुमिका निर्वाह गर्ने आकंक्षामा रहेको बताए । जेन–जीलाई सही बाटोमा ल्याइ समाजवादी क्रान्ति सम्पन्न गर्ने आफूहरूको चाहना रहेको बताए ।

संयोजक दाहालले आफूहरूको एकता एउटा आन्दोलन भएको बताए । आफूहरूको उद्देश्य निर्वाचनको वातावरण बनाउनु रहेको पनि बताए । नेपाली कम्युनिष्ट पार्टीले युवाहरूको आवाजलाई मुखरित गर्ने बताए ।