काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमका क्याप्टेन विजय लामामाथि उडान मापदण्ड उल्लङ्घन गरेको भन्दै कारबाही गरेको छ।
उडानको क्रममा फोटो तथा भिडियो खिचेर भ्लग तयार पारेको प्रमाणित भएपछि उनलाई उडानबाट नै रोक्का गरिएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणले निगमको अपरेसन विभागलाई पत्र पठाउँदै अर्को सूचना नआएसम्म क्याप्टेन लामालाई रोस्टरबाट हटाई उडानमा सहभागी गराउन नदिन निर्देशन दिएको हो।
उडान सुरक्षा सम्बन्धी नियमविपरीत गतिविधि गरेको आरोपमा प्राधिकरणले लिएको यो निर्णय तत्कालका लागि प्रभावकारी हुने बताइएको छ।



प्रतिक्रिया दिनुहोस्