सोमबार नेप्से परिसूचकमा सामान्य गिरावट


काठमाडौं । साताको कारोबारको दोस्रो दिन सेयरबजारमा समान्य गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार सोमबार सेयर मापक सूचक नेप्से परिसूचक ४.२८ अंकले घटेर २६४५.२४ अंकमा पुगेको छ ।

आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ५ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने बाँकी ८ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।

सोमबार नेप्सेमा युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको २७ करोड १० लाख बढिको कारोबार भएको छ ।

आजको दिन सागर डिस्ट्रिलरीका र स्वस्तिक लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको तिशतले बढेको छ ।

कुल ३२५ कम्पनीको १ करोड ८ लाख ६० हजार ८ सय २८ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ७१ करोड ६३ लाख ८३ हजार बढि रुपैयाँको सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।