निर्जीवन लघु बिमा कम्पनीले कात्तिकसम्म आर्जन गरे ३६ करोड ६५ लाख बिमाशुल्क, कुनको कति ?


काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/०८३ को कात्तिकसम्म निर्जीवन लघु बिमकले ३६ करोडभन्दा रुपैयाँ बढी कुल बिमाशुल्क आर्जन गरेको छन्।

नेपाल बिमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार कात्तिक महिनासम्म चार ओटा लघु निर्जीवन बिमकले १ लाख २८ हजार ८७५ ओटा बिमालेख जारी गरेर ३६ करोड ६५ लाख २५ हजार रुपैयाँ कुल बिमाशुल्क आर्जन गरेका हुन्।

जसमा सबैभन्दा बढी प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको रहेको छ। यो कम्पनीले ३६ हजार ७२६ ओटा बिमालेख बिक्री गरेर ९ करोड ६९ लाख २६ हजार रुपैयाँ कुल बिमाशुल्क आर्जन गरेको छ। त्यस्तै नेपाल माइक्रो इन्स्योरेन्स रहेको छ। यो कम्पनीले ३१ हजार ८१४ ओटा बिमालेख बिक्री गरेर ९ करोड ६७ लाख २४ हजार रुपैयाँ कुल बिमाशुल्क आर्जन गरेको छ।

यसैगरी ट्रस्ट माइक्रो इन्स्योरेन्स २६ हजार ७८१ ओटा बिमालेख बिक्री गरेर ९ करोड ४३ लाख ५४ हजार रुपैयाँ र स्टार माइक्रोले ३३ हजार ५५४ ओटा बिमालेख बिक्री गरेर ७ करोड ८५ लाख २१ हजार रुपैयाँ कुल बिमाशुल्क आर्जन गरेको प्राधिकरणको तथ्याङ्क जनाएको छ ।