पछिल्ला दिनहरुमा उच्च बनेको डलरको भाउमा सामान्य गिरावट


काठमाडौं । पछिल्ला दिनहरुमा उच्च बनेको डलरको भाउमा आज भने सामान्य गिरावट गरिवट देखिएको छ । नेपाल राष्ट्र बैंकले आज ९शुक्रवार० का निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ६७ पैसा र बिक्रीदर १४४ रुपैयाँ २७ पैसा निर्धारण गरिएको छ ।

जुन अघिल्लो दिनको तुलनामा घटेको हो । यसअघि बिहीवार अमेरिकी डलर एकको खरिदर १४४ रुपैयाँ ०१ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६१ पैसा कायम थियो । डलरको भाउ उच्च हँदा नेपाली रुपैयाँ कमजोर हुन्छ ।

नेपाली रुपैयाँको तुलनामा डलर महँगो हुँदा अमेरिकी डलर तिरेर गरिने वस्तु तथा सेवा आयात र विदेशी ऋणको ब्याज भुक्तानीमा बढी रकम खर्च गर्नुपर्ने हुन्छ । यस्तै डलरको मूल्य बढी हुँदा विप्रेषण आप्रवाह, वस्तु तथा सेवा निर्यात र पर्यटकबाट हुने आम्दानी स्वदेशी मुद्रामा बढी देखिन्छ । भारतीय सामानमा अमेरिकाले लगाएको ५० प्रतिशत भन्सार महशुलका कारण निर्यात व्यापार प्रभावित हुँदा भारू कमजोर भएको विश्लेषण अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले गरेका छन् ।

अरु विनियमदरको भाउ कस्तो छ ?
राष्ट्र बैंकले तोकेको विनिमय दरअनुसार आज युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ७३ पैसा र विक्रीदर १६८ रुपैयाँ ४४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९१ रुपैयाँ ८९ पैसा र बिक्रीदर १९२ रुपैयाँ ६९ पैसा, स्वीस फ्रयांक एकको खरिददर १७९ रुपैयाँ ६१ पैसा र बिक्रीदर १८० रुपैयाँ ३६ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९४ रुपैयाँ ९७ पैसा र बिक्रीदर ९५ रुपैयाँ ३७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०२ रुपैयाँ ८६ पैसा र बिक्रीदर १०३ रुपैयाँ २९ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११० रुपैयाँ ९५ पैसा र बिक्रीदर १११ रुपैयाँ ४२ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ २९ पैसा र बिक्रीदर नौ रुपैयाँ ३३ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ३२ पैसा र बिक्रीदर २० रुपैयाँ ४० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ २८ पैसा र बिक्रीदर ३८ रुपैयाँ ४४ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३९ रुपैयाँ ५९ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ४९ पैसा र बिक्रीदर चार रुपैयाँ ५१ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ १२ पैसा र बिक्रीदर ३९ रुपैयाँ २८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३४ रुपैयाँ ९४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ०९ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ७७ पैसा र बिक्रीदर नौ रुपैयाँ ८१ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ३१ पैसा र बिक्रीदर १५ रुपैयाँ ३८ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ४६ पैसा र बिक्रीदर २२ रुपैयाँ ५५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ४६ पैसा र विक्रीदर १८ रुपैयाँ ५३ पैसा, कुवेती दिनार एकको खरिददर ४६८ रुपैयाँ ४२ पैसा र विक्रीदर ४७० रुपैयाँ ३८ पैसा, बहराइन दिनार एकको खरिददर ३८१ रुपैयाँ ०९ पैसा र बिक्रीदर ३८२ रुपैयाँ ६८ पैसा, ओमनी रियाल एकको खरिददर ३७३ रुपैयाँ १६ पैसा र विक्रीदर ३७४ रुपैयाँ ७२ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र विक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । – NAN