काठमाडाैँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना अनुसार अध्यक्षमा केपी शर्मा ओलीले सबैभन्दा धेरै ८४३ मत प्राप्त गरेका छन्। उनका प्रतिद्वन्द्वी ईश्वर पोखरेलले २९६ मत प्राप्त गरेका छन्।
उपाध्यक्ष पदमा गुरु प्रसाद बरालले ५८५ मत ल्याएर अग्रस्थानमा छन् भने गोकर्ण राज विष्टले ७१३ मत पाएका छन्। अरुण नेपालले २२३, टकं प्रसाद कार्कीले १८७, पर्शुराम मेघि गुरुङ्गले २३४, प्रथवि सुव्वा गुरुङ्गले ९००, भिम प्रसाद आचार्यले १४३, रघु जी पन्तले ६१७, रामबहादुर थापा ‘बादल’ले ७७४, विन्दा पाण्डेले ४७४, र विष्णु प्रसाद पौडेलले ८४६ मत प्राप्त गरेका छन्।
महासचिव पदमा शंकर पोख्रेलले ६१३ मत ल्याए भने सुरेन्द्र प्रसाद पाण्डेले ५२६ मत प्राप्त गरे। उपमहासचिव पदमा आनन्द प्रसाद पोख्रेलले ३३४, योगेश भट्टराईले ७०९, रघुविर महासेठले ६६९, राजेन्द्र प्रसाद गौतमले १४०, लेखराज भट्टले ७३४, विष्णु प्रसाद रिमालले ५४०, र वैजनाथ चौधरीले २७१ मत पाएका छन्।
सचिव पदमा अग्नि प्रसाद खरेलले ३७७, इन्द्रलाल साप्कोटाले २०९, कर्णबहादुर थापाले ४४४, कृष्ण गोपाल श्रेष्ठले ३२५, खगराज अधिकारीले ६२५, गोकुल प्रसाद बास्कोटाले ५२८, छविलाल विश्वकर्माले ७६९, ठाकुर प्रसाद गैरेले ४६२, पद्मा कुमारी अर्यालले ७७८, पुर्सोतम पौडेलले २०३, पेम्वा लामाले २५५, भानुभक्त ढकालले ५५२, महेश बस्नेतले ७८३, यमलाल कडेलले ६२६, रचना खड्काले ४५९, राजन भट्टराईले ५६१, लाल बाबु पण्डितले ३९९, विनोद प्रसाद ढकालले ३५५, शेरधन राईले ७६७, र हिक्मत कुमार कार्कीले ६७२ मत प्राप्त गरेका छन्। ४० बुथको १ हजार १४३ मत गणना अनुसार यी नतिजा आएको प्रारम्भिक विवरण हो।



प्रतिक्रिया दिनुहोस्