राष्ट्रिय सभाको बैठक सिंहदरबारमा बस्ने, कृषि समितिको हल तयार पारिँदै


काठमाडाैँ । रष्ट्रिय सभाको बैठक सिंहदरबार परिसरभित्र रहेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक कक्षबाट सञ्चालन गर्ने तयारी भइरहेको छ । 

राष्ट्रिय सभाको आउँदो अधिवेशनका बैठकहरू सञ्चालन गर्न कृषि समितिको बैठक कक्षलाई आवश्यक मर्मत गर्ने कार्य भइरहेको संघीय संसदका उपसचिव अधिराज राईले जानकारी दिए ।

नयाँबानेश्वरस्थित संघीय संसद भवनमा गत भदौमा जेन–जी आन्दोलनका क्रममा आन्दोलनकारीले आगजनी गरेर क्षति पुर्‍याएपछि राष्ट्रिय सभा बैठकका लागि कृषि समितिको हलबाट बैठक सञ्चालनको गृहकार्य अघि बढाइएको हो ।

उनले अहिले बैठक कक्षमा फर्निचर व्यवस्थापनदेखि बाटो मर्मतको कार्य भइरहेको बताए । उनले अब एकहप्ता भित्र सभाको बैठक सञ्चालनका लागि बैठक कक्ष तयार भइसक्ने बताए । उनले दर्शक र सञ्चारकर्मीहरुको सहजताका लागि समेत कार्य भइरहेको बताए ।