काठमाडौँ । आइतबार छापावाल सुनको मूल्य तोलामा २ हजार ८०० रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला २ लाख ४५ हजार ४०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य आइतबार २ लाख ४२ हजार ६०० रूपैयाँ कायम भएको छ ।
यस्तै, चाँदीको मूल्य प्रतितोला ४५ रूपैयाँले घटेर ३ हजार ६५ रूपैयाँमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्