काठमाडाैँ । नेपाली काँग्रेसले आगामी प्रतिनिधि सभा सदस्यका लागि समानुपातिक सूचि सोमवार निर्वाचन आयोगमा बुझाउने भएको छ ।
आइतवार सानेपामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले यसबारे जानकारी गराएका हुन् ।
केन्द्रिय कार्यसमितिको बैठकमा सात प्रदेशकै केन्द्रिय कार्य सम्पादन समितिमा रहेका नेताहरूसँग छलफल भइरहेको र अब सूचि तयार गरेर सोमवारसम्म आयोगलाई बुझाउने बताए । समानुपातिक सूचिबाट १ सय १० जना सांसदहरु चयन हुने भएकाले समानुपातिक सूचि तयार पार्नु पनि महत्वपूर्ण काम भएको बताए ।
उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति र रास्वपामा प्रवेश गरेका काठमाडँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह दाग नलागेको व्यक्ति नभएको बताए ।



प्रतिक्रिया दिनुहोस्