एमाले समानुपातिक उम्मेदवारको बन्दसूची पारित, आज निर्वाचन आयोगमा बुझाउने


काठमाडाैँ । नेकपा (एमाले) ले आगामी २१ फागुनमा हुने भनिएको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरूको बन्दसूची पारित गरेको छ ।

आइतवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको हो ।

पार्टीका उपमहासचिव लेखराज भट्टले दिएको जानकारी अनुसार, बैठकमा अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारहरूको नामावली पेश गरेका थिए। बैठकले अध्यक्षद्वारा प्रस्तुत नामावली अनुमोदन गर्दै आज निर्वाचन आयोगमा बुझाउने निर्णय गरेको छ ।