नक्कली सुन देखाएर पाँच लाख ठगी गर्ने चार जना पक्राउ


काठमाडाैँ । कामाडौँमा नक्कली सुन देखाएर पाँच लाख रुपैयाँ ठगी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार गत पुस ८ गते कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ५ थलीमा दुई व्यक्तिबाट सुन जस्तो देखिने धातुको डल्लो देखाएर ५ लाख रुपैँया ठगी गर्ने चार जनालाई खोजी गर्ने क्रममा प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले उनीहरूलाई काठमाडौँ महानगरपालिका वडा नम्बर ६ चुच्चेपाटीबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेमा मकवानपुरका ४५ वर्षीय सुकुमान सिंह ब्लोन, ४८ वर्षीय राजेन्द्र तामाङ, ५३ वर्षीय वीरबहादुर तामाङ र नवलपरासीका ४२ वर्षीय जितबहादुर तामाङ छन्।

जिल्ला प्रहरी परिसर काठमाडौँले ठगी कसुरमा म्याद थप गरी थप अनुसन्धान भइरहेको बताएको छ।