मेटलाइफ नेपालद्वारा भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा २५ लाख रुपैयाँ योगदान


काठमाडौं । मेटलाइफ नेपालद्वारा भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा २५ लाख रुपैयाँ योगदान गरेकाे छ । गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा क्षतिग्रस्त भएका भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहतका कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले मेटलाइफ नेपालले भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा २५ लाख रुपैयाँ योगदान गरेको छ।

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल सरकारले स्थापना गरेको उक्त कोषमा मेटलाइफ नेपालले २५ लाख रुपैयाँ ९अक्षरमा पच्चीस लाख मात्र० सहयोग उपलब्ध गराएको हो। सहयोग रकम कोषमा जम्मा गरी सोको जानकारी मेटलाइफ नेपालका कार्यकारी निर्देशक निर्मलकाजी श्रेष्ठले आज मिति २०८२ पुस १७ गते बिहीबार अर्थ मन्त्रालयमा अर्थमन्त्री रामेश्वर खनाललाई गराएका छन्।

कोषमा योगदान पुर्‍याएकोमा नेपाल सरकारको तर्फबाट अर्थमन्त्री खनालले मेटलाइफ नेपाललाई हार्दिक धन्यवाद ज्ञापन गरेका छन्। उनले निजी क्षेत्रको यस्तो सहयोगले पुनर्निर्माण तथा पुनरुत्थानका कार्यलाई थप प्रभावकारी बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे।

अर्थ मन्त्रालयका अनुसार आजको मितिसम्म भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा कुल १२ करोड ३३ लाख ६५ हजार रुपैयाँ जम्मा भइसकेको छ। उक्त रकम क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण, प्रभावित क्षेत्रको आर्थिक पुनरुत्थान तथा राहतका विभिन्न कार्यमा उपयोग गरिने जनाइएको छ।