काठमाडौँ । शुक्रबार छापावाल सुनको मूल्य तोलामा २० हजार ५०० रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहीबार प्रतितोला ३ लाख ३९ हजार ३०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य शुक्रबार ३ लाख १८ हजार ८०० रूपैयाँ कायम भएको हो ।
यस्तै, चाँदीको मूल्य प्रतितोला ४४० रूपैयाँले घटेर ७ हजार ६५ रूपैयाँमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्