काठमाडाैँ । स्याङ्जाको गल्याङ नगरपालिकामा लडेर घाइते भएका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ।
माघ १६ गते बिहान करिब १०ः३० बजे गल्याङ नगरपालिका वडा नम्बर १० पकवादी निवासी ५५ वर्षीय धर्मबहादुर थापा घर नजिकैको जंगलमा रहेको पानीको मुहान सफा गरी फर्कने क्रममा गोरेटो बाटोबाट करिब १०० मिटर तल खसेर गम्भीर घाइते भएका थिए।
घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी गल्याङ, स्याङ्जाबाट प्रहरी नायब निरीक्षक दुर्गा बहादुर रानाभाटको कमाण्डमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो।
घाइते थापालाई तत्काल उपचारका लागि लुम्बिनी मेडिकल कलेज, प्रभास पाल्पा लगिएको भए पनि उपचारकै क्रममा सोही दिन राति करिब ८ः४५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
घटनाको विषयमा आवश्यक अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्