एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक


काठमाडौँ । केपी शर्मा ओली का पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन भएको छ।

परिवार स्रोतका अनुसार मोहनप्रसाद ओलीको आज बिहान कोरियन अस्पताल, गठ्ठाघरमा उपचारका क्रममा निधन भएको हो। उनी केही समयदेखि अस्वस्थ रहेको बताइएको छ।

स्वर्गीय ओलीका दुई छोरा र तीन छोरी छन्। उनको आजै पशुपति आर्यघाट मा दाहसंस्कार गरिने परिवारले जनाएको छ।

बिहीबार राती अप्ठ्यारो महसुस भएपछि उनलाई अस्पताल पुर्‍याइएको थियो । अस्पतालमा उपचारको क्रममा उनको निधन भएको एमाले अध्यक्ष ओलीको सचिवालयले जनाएको छ ।