ओलीका पिता मोहनप्रसादको आँखा दान


काठमाडौँ। एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको आँखा दान गरिएको छ।

आज बिहान ९७ वर्षको उमेरमा ओलीका पिता मोहनप्रसाद ओलीको निधन भएको थियो ।

निधनपछि उनको इच्छाअनुसार आँखा दान गरिएको एमाले सचिव महेश बस्नेतले जानकारी दिएका छन। मोहनप्रसादको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको थियो।