काठमाडाैँ । खानेपानी मन्त्रालयले खानेपानीसम्बन्धि आयोजनाहरुलाई महिलामैत्री बनाउने कामलाई प्राथमिकता दिइएको जनाएको छ ।
विश्व पानी दिवसको अवसर पारेर सोमबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै सो मन्त्रालयका प्रवक्ता मीना श्रेष्ठले मन्त्रालयले लैगिकमैंत्री खानेपानीको व्यवस्थापन गर्न सरकारले सबै स्थानीय पालिकाहरुमा खानेपानी सरसफाई तथा स्वच्छता व्यवस्थापन सम्बन्धि सिष्टम लागू गरेको स्पष्ट पारिन् ।
खानेपानीको व्यवस्थापनमा सबैको पहुँच पु¥याउनका लागि सरकारले सो सिष्टम लागू गर्नुपरेको पनि प्रवक्ता श्रेष्ठको भनाइ थियो । उनले खानेपानी आयोजनाहरु आवश्यक्ताको आधारमा तय गर्न पनि सम्बन्धित सबै पक्षलाई सचेत गराइन् ।
खानेपानी मन्त्रालयले खानेपानी व्यवस्थापनको कामलाई महिलामैत्री बनाउनका लागि प्रदेश र स्थानीय सरकारसँग पनि सहकार्य गरिरहेको पनि दाबी गरेको छ ।


प्रतिक्रिया दिनुहोस्