काठमाडौँ । मंगलबार छापावाल सुनको मूल्य तोलामा एक हजार ६०० रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला २ लाख ७५ हजार ५०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य मंगलबार २ लाख ७३ हजार ९०० रूपैयाँ कायम भएको छ ।
यस्तै, चाँदीको मूल्य प्रतितोला ८० रूपैयाँले बढेर ४ हजार ५०५ रूपैयाँ कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्