काठमाडौँ । नेपालको निर्जीवन बीमा क्षेत्रमा प्रतिस्पर्धा बढ्दै गएको छ। चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म आइपुग्दा नेपालमा सञ्चालन रहेका १४ कम्पनीले कुल ३१ अर्ब ७० करोड रुपैयाँभन्दा बढी कुल बीमा शुल्क आर्जन गरेका हुन् ।
नेपाल बिमा प्राधिकरणको तथ्यांकअनुसार गत वर्षको सोही अवधिको तुलनामा यस वर्ष १३.११ प्रतिशतको उल्लेखनीय वृद्धि भएकाे छ। अघिल्लो वर्ष यही अवधिमा २८ अर्ब २ करोड रुपैयाँ बिमा शुल्क आर्जन भएको थियो ।
कुल व्यवसायका हिसाबले शिखर इन्स्योरेन्स शीर्ष स्थानमा रहँदा सगरमाथा लुम्बिनी इन्स्योरेन्सले पछ्याइरहेको छ। तर वृद्धि दरको आधारमा भने हिमालयन एभरेष्ट र एनएलजी इन्स्योरेन्सले आक्रामक विस्तार देखाएका छन्, जसले बजारमा नयाँ शक्ति सन्तुलनको संकेत गरेको छ।
विशेषगरी हिमालयन एभरेष्ट इन्स्योरेन्सले ४५ प्रतिशतभन्दा बढी वृद्धि गर्दै तीव्र उछाल देखाएको छ भने एनएलजीले पनि ३६ प्रतिशतभन्दा बढी वृद्धि हासिल गरेको छ।
अधिकांश कम्पनीहरूको व्यवसाय बढ्दा सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनी भने घट्दो प्रदर्शनसँग संघर्षरत देखिएको छ। यसको व्यवसाय २.७९ प्रतिशतले घट्दै एक अर्ब ६ करोड रुपैयाँमा सीमित भएको छ, जसले सार्वजनिक क्षेत्रको प्रतिस्पर्धात्मक क्षमता माथि प्रश्न उठाएको छ।



प्रतिक्रिया दिनुहोस्