नेप्से २३ अंकले बढ्यो, कारोबार रकम १४ अर्ब माथि


काठमाडौँ । साताको कारोबारको तेस्रो दिन सेयरबजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार सेयर मापक सूचक नेप्से परिसूचक २३.८३ अंकले बढेर २९६०.४० अंकमा पुगेको छ ।

मंगलबार नेप्सेमा कारोबार भएका कुल १२ उपसमुहमध्ये ५ ओटा उपसमुहको सेयरमूल्य घटेको छ भने बाँकी ८ ओटा उपसमुहको सेयरमूल्य बढेको छ ।

आजको दिन सबैभन्दा धेरै ट्रेडिङ समुह ९.१२ प्रतिशतले बढेको छ भने माइक्रो फाइनान्स उपसमुह सबैभन्दा धेरै ०.४५ प्रतिशतले घटेको छ ।

मंगलबार राधी विद्युत् कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ६७ करोड ४३ लाख बढिको कारोबार भएको छ ।

आजको दिन सालपा विकास बैंक र रियलायन्स स्पिनिङ मिल्सका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । दुवै कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ ।

कुल ३४१ कम्पनीको २ करोड ५८ लाख २२ हजार १ सय ९१ कित्ता सेयर किनबेच हुँदा १४ अर्ब ८३ करोड ९१ लाख ८३ हजार बढिको सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।