काठमाडौँ । नवनियुक्त अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थराजनीतिक महत्त्वपूर्ण जनादेशसहित आएको बताएका छन् । उनले पदभार सम्हाल्दै नियमित प्रक्रियाबाट नभई क्रम भंगता गर्न आएका बताएका हुन् ।
उनले कर्मचारीहरुलाई गाली गर्न वा आलोचना गर्न नआएको बताए । राजनीति गर्ने मान्छे असल भएपछि कर्मचारीहरूलाई पनि केही फरक नपर्ने उनको भनाइ छ । “माछा बिग्रिए टाउकाको बाट बिग्रन्छ भन्छन् हामी ठिक भए पछि तपाईंहरु पक्कै गलत गर्नसक्नुहुन्न,” उनले भने “सुशासन र जनताको हितमा काम गर्नका लागि कुनै सम्झौता हुँदैन । राम्रो काम गर्नेलाई सधैं साथ र माया पाउनु हुन्छ । तर, मुलुकमा हामीले चाहेको ट्र्याकमा हुनुहुन्न र गलत बाटोमा हुनुहुन्छ भने म माया गर्न सक्दिन । राम्रो हुनुहुन्छ भने तपाईंहरु मेरो साथी हो ।”
उनले आफुले राजनीतिक पूर्वाग्रह नराख्ने बताएका छन् । पूराना राजनीतिक र दलीयकरणको छायाँबाट टाढा रहन उनले आग्रह गर्दै आफुले मेरिट र इमान्दारीतालाई हेर्ने बताए ।
अब कुनै पनि तरिकाले क्याप्चर गरेर गरिने घुस खाने वा खुवाउने समय अब सकिएको उनको भनाइ छ । बरालिएको आर्थिक पुर्नसंरचना अब ट्रयाकमा ल्याउने उनले बताए ।
जनताले विगतको विसंगतिलाई चिर्न बहुमत मात्रै नभइ दुईतिहाइ बहुमत दिएको र रिफर्म गर्ने उनले बताए ।
उनले आर्थिक राजकाजताको रुपान्तरण आगामी बजेटबाट हुने बताए । त्यसको लागि योजना र क्षमता प्रयोग गर्न उनले भनेका छन् ।
सुशासन,आर्थिक रुपान्तरण, दीर्घकालीन योजना र रुपान्तरणकारी आयोजनाका कामलाई हस्तक्षेपकारी काम गरिने उनको भनाइ छ । उनले नपाली अर्थतन्त्रसँग डायस्पोरालाई जोड्ने बताए । “एकपटकका नेपाली सधैंको नेपाली भनेर हामी उहाँहरुको लगानी र सम्पत्ति सुरक्षा गर्ने हो । त्यसपछि विदेशी लगानी आउँछन्,” उनले भने ।
म एक थान मन्त्री खान मात्र नभई विराट लक्ष्य लिएर आएकोले साथ दिन कर्मचारीहरूलाई आग्रह गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्