मेरिटमा आधारित ३० उपसचिवको सरुवा तथा पदस्थापन


काठमाडौँ । अर्थ मन्त्रालयले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नीतिअनुसार मेरिटमा आधारित उपसचिवको सरुवा तथा पदस्थापन गरेको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले १५ गतेको मन्त्रीस्तरीय निर्णयबाट सरुवा गरेका हुन् ।

मेरिटअनुसार पहिलो हुनेले पहिले पोष्टिङ छान्ने, दोस्रो हुनेले बाँकी २९ ठाउँ मध्ये एक रोज्ने,अनि मेरिटमा तेस्रो हुनेले बाँकी रहेको २८ बाट छान्ने विधिअनुसार यो बढुवापछिको पदस्थापन भएको मन्त्रालयले जनाएको छ ।

यसरी सरुवा गर्दा मेरिटको अन्तिम भएकाहरुले अरुले छाडेको र बाँकी रहेको ठाउँमा जानुपर्ने हुन्छ । रोजेको र आकर्षक भनिएको ठाउँमा पदस्थापन हुन यो विधिअनुसार अब अब्बल हुनुपर्छ ।