चैत्र १९ गतेदेखि ‘तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो २०८२’ सञ्चालन हुँदै


काठमाडौं । नर्सरी व्यवसायी संघ नेपालले तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो(२०८२ गर्ने भएको छ । २०८२ चैत्र १९ गते विहिबार देखि २३ गते सोमबार सम्म भृकुटीमण्डप प्रदर्शनी स्थलमा एक्स्पो गर्न लागेको हो ।

समग्र नर्सरी क्षेत्रको मेलाको रुपमा यस वर्ष पनि पुष्प, फलफूल, क्षिवन तथा जडिबुटी नर्सरीका व्यवसायीक उत्पादनहरुको प्रदर्शनी गर्न लागेको जनाएको छ ।

यस मेलाले आर्थिक मन्दिले सुस्ताएका हरित अर्थतन्त्र विकासमा संलग्न उद्यमी व्यवसायीहरु तथा यस व्यवसाय प्रति अभि रुचि राख्ने साथै समग्र कृषि क्षेत्रमा लगानी गरेर रोजगारी सिर्जना गर्ने सपना देखिरहेको उद्यमी व्यवसायी तथा जिज्ञासु साथै अध्ययन अनुसन्धानमा संलग्न व्यक्ति व्यक्तित्वहरुलाई उत्साहित र झन्कृत गर्ने विश्वास लिएको छ।

मेलामा सम्भव भएसम्म देशभरिबाट पुष्प नर्सरी, फलफूल नर्सरी, कृषि बन नर्सरी तथा जडिबुटी नसंरीको ७०० भन्दा बढि प्रजातीका बोटविरुवाहरु प्रदर्शनी तथा विक्रि वितरणको लागि राखिने उल्लेख गरिएको छ ।

साथै मलखाद, अर्गानिक एवं रासायनिक विषादी, विउ विजन, गमला, औजार उपकरण तथा प्रविधिहरुको समेत स्टल रहने छ ।

आयोजकका अनुसार मेलामा ५६ वटा व्यवसायीक स्टल, २ वटा फुड स्टल, ३ बटा अफिसियल स्टल तथा प्रतिष्पर्धाको ४ वटा स्टल समेत जम्मा ६५ वटा स्टल रहने छ।

नर्सरी व्यवसाय गर्न चाहने नव उद्यमी, जिज्ञाशु एवं अध्ययन अध्यापन साथै अनुसन्धान गर्ने सम्पूर्णको लागि यस मेला बृहत साझा मञ्च हुने हामीले विश्वास लिएको छ ।

नेपालको समग्र नर्सरी क्षेत्रको तथ्याङ्क हेर्दा ११.८३ अर्बको लगानी रहेको बार्षिक ६।४३ अर्बको आर्थिक कारोबार रहेको ३९०१ भन्दा बढि नर्सरी व्यवसायीहरु रहेको देखिन्छ भने प्रत्यक्ष र अप्रत्यक्ष गरि करिब १ लाख २० हजारले रोजगारी प्राप्त गरेका छन् ।

मेलामा कम्तीमा ५५ हजार अवलोकनकर्ताले अवलोकन गर्ने साथै एक करोड ५० लाख भन्दा बढीको आर्थिक कारोबार हुने अपेक्षा गरेको छ ।

मेला अवलोकन गर्न सर्वसाधारणको लागि प्रवेश शुल्क प्रति व्यक्ति रु.१००र( र विद्यार्थीहरु र जेष्ठ नागरिकको लागि प्रति व्यक्ति रु. ५०.( व्यवस्था गरेको छ ।

नर्सरी व्यवसायी संघ नेपालले ५ वटा एक्स्पो सम्पन्न गरिसकेको छ भने नर्सरी बाटिका, वृक्षारोपण तथा रक्तदान कार्यक्रम जस्ता सामाजिक कार्य गरिरहेको छ ।