काठमाडौँ । नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दैछ । बैठक आज तीन बजे पार्टी केन्द्रिय कार्यालय च्यासलमा बस्नेछ ।
बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरिएकोबारे सदनमा विषय उठाउने, अन्य समसामयिक राजनीतिका बारेमा छलफल हुनेछ ।
नेकपा एमालेले गत फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा २५ सिट प्राप्त गरेको छ । एमाले संसदको तेस्रो ठूलो राजनीतिक दल हो ।


प्रतिक्रिया दिनुहोस्