काठमाडौंँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिना ले विगतमा सेटिङ र अनियमिततामा संलग्नलाई कारबाहीको दायरामा ल्याउने सरकारको तयारी रहेको बताएका छन्।
रेडियो नेपाल को ७६औँ वार्षिकोत्सव समारोहमा शुक्रबार सिंहदरबारमा बोल्दै उनले मन्त्रालयका बन्द कोठामा हुने ‘सेटिङ’ अन्त्य गर्दै दोषीमाथि कडा कारबाही गर्ने सन्देश दिएका हुन्।
उनले जनताको म्याण्डेटअनुसार सरकार भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताका साथ अघि बढ्ने उल्लेख गर्दै “नराम्रो गर्ने कसैलाई पनि छुट दिइँदैन” भन्ने स्पष्ट पारे।
मन्त्री तिमिल्सिनाले सरकार अहिले कामको चापमा रहे पनि परिणाममुखी ढंगले अघि बढिरहेको दाबी गरे। साथै, मातहतका निकायलाई निष्कलंक र जवाफदेही भएर काम गर्न निर्देशन दिए।
उनले कर्मचारीतन्त्रलाई समेत इमानदारीपूर्वक काम गर्दै देशमा आशा र भरोसा जगाउने वातावरण बनाउन आग्रह गरेका छन्।


प्रतिक्रिया दिनुहोस्