वर्षेखेतीका लागि रासायनिक मलको अभाव हुन्नः कृषिमन्त्री चौधरी


काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री गीता चौधरीले वर्षे रोपाईँसम्मका लागि रासायनिक मलको समस्या नहुने बताएकी छन् । शुक्रबार सिंहदरवारमा बसेको राष्ट्रिय सभा अन्तर्गतको संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले वर्षाको रोपाईंसम्मका लागि रासायनिक मलको भण्डारण रहेको बताएकी हुन् ।

मन्त्री चौधरीले सरकारले माटो बिग्रन नदिनका लागि जैविक तथा प्राङ्गारिक मलको व्यवस्थापनमा जोड दिने नीति लिएको पनि स्पष्ट पारिन्।

उनले किसानलाई अनुदान दिने तथा बीउ विजनको उचित व्यवस्थापनका लागि सरकारले सुक्ष्म अध्ययन गरिरहेको बताउँदै वास्तविक किसानलाई अनुदान सहायता उपलब्ध गराउने गरी सरकारले सो काम गर्नुं परेको मन्त्री चौधरीको भनाई थियो ।

साथै मन्त्री चौधरीले सरकारले उन्नतस्तरको बीउविजनको आवश्यक व्यवस्था मिलाउने प्रयास पनि गरिरहेको बताइन् ।